सुन लुट काण्डमा प्रचण्ड

Posted on at


दुई साता अगाडि काभ्रेको पाँचखालबाट लुटिएको ३६ केजी सुन लुट प्रकरणमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएका छन् । चीनबाट नेपाल अबैधरुपमा भित्र्याइएको ३६ केजी सुन लुट काण्डमा पुष्पकमल दाहालका पूर्व सवारी चालक उज्वल लामा पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । उज्वल लामालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपनि अनुसन्धान नै नगरी प्रचण्डको दबाबमा छाडेको स्रोतले बतायो । सोही अवैध सुन लुट प्रकरणमा उज्वल लामालाई सघाउने काभ्रेका गुण्डा वाला लामाको समूह उक्त घटनापछि एमाओवादीका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ उर्फ लालध्वजको घरमा रात विताउनुले पनि लुट प्रकरणमा एमाओवादी नेताहरुको संलग्नता पुष्टि हुने आधार मिलेको छ । लालध्वज अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । स्रोतका अनुसार गत १५ कार्तिकमा खासाबाट अबैध रुपमा राजधानी भित्र्याउन लागिएको ३६ केजी सुन प्रचण्डका पूर्व सवारी चालक तथा प्रकाश दाहाल निकट एमाओवादीका काठमाडौं सेक्रेटरी उज्वलको योजनामा लुटिएको थियो । काभ्रेली समूहमा आवद्ध गुण्डाका रुपले चिनिने वाला लामाको समुहले उज्वललाई सघाएको थियो । 

read more



About the author

vintuna-net

seo nepal | seo in nepal and good things collection

Subscribe 0
160